संवाद लेखन: पात्र र पृष्ठभूमि (Hindi)

Summary

दस्तावेज़ संवाद लेखन, पात्रों के बीच संवाद कैसे लिखा जाता है, और पृष्ठभूमि के विवरण कैसे शामिल किए जाते हैं, इन तत्वों पर चर्चा करता है। इसमें पात्रों की क्रियाओं और भावों को दर्शाना और संवाद का निष्कर्ष निकालना शामिल है।

Full Transcript

कुनै निश्चित विषयमा केन्द्रित भएर दुई वा दुईभन्दा बढी पात्रबिच गरिने छलफल नै संवाद हो । संवादमा पात्र लगातार बोलिरहने क्रम मात्र नदेखाई कार्य तथा हाउभाउलाई पनि सङ्केत गर्नुपर्छ । विशेषतः संवाद लेख्दा पात्रको हाउभाउलाई कोष्ठकभित्र राख्नुपर्छ । संवादको पृष्ठभूमिमा स्थान, समय र वातावरणलाई पनि कोष्ठकभित...

कुनै निश्चित विषयमा केन्द्रित भएर दुई वा दुईभन्दा बढी पात्रबिच गरिने छलफल नै संवाद हो । संवादमा पात्र लगातार बोलिरहने क्रम मात्र नदेखाई कार्य तथा हाउभाउलाई पनि सङ्केत गर्नुपर्छ । विशेषतः संवाद लेख्दा पात्रको हाउभाउलाई कोष्ठकभित्र राख्नुपर्छ । संवादको पृष्ठभूमिमा स्थान, समय र वातावरणलाई पनि कोष्ठकभित्र राख्नुपर्छ । यसो गर्दा संवाद यथार्थपरक र जीवन्त बन्न पुग्छ । पात्रद्वारा सम्बन्धित विषयमा तर्कवितर्क गराई संवादलाई रोचक बनाउनुपर्छ। संवादमा पात्रका माध्यमबाट भन्नुपर्ने कुरा समेट्नुपर्छ । संवादमा पात्रको स्तरअनुसारको भाषाशैली प्रयोग गर्नुपर्छ। एउटै पात्रका माध्यमबाट लामो अभिव्यक्ति दिइरहनु उपयुक्त हुँदैन । संवादका पात्रका छलफलबाट विषयवस्तुको निष्कर्ष झल्किनुपर्छ ।

Use Quizgecko on...
Browser
Browser